नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रूस प्रस्थान गरेका छन्।
अखिल रूसी राजनीतिक दलको आयोजनामा हुन लागेको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा भाग लिन उनी शुक्रबार बिहान मस्को प्रस्थान गरेका हुन्।
सम्मेलन नोभेम्बर १४ देखि १७ तारिखसम्म हुनेछ।
सम्मेलनमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहने नेकपाले जनाएको छ।