सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशहरूले शपथ लिएका छन्।
न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए।
राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ खुवाएका हुन्।