राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।
उनले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी माताको पूजाअर्चना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए।
राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।