नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल मुस्लिम संघको अध्यक्ष पदमा मिनहाज खानलाई नियुक्त गरेको छ।
शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले काठमाडौं महानगरपालिका वडा नम्बर ९ का खानलाई मुस्लिम संघ अध्यक्ष नियुक्त गरेका हुन्।
खानलाई ६ महिनाभित्र मुस्लिम संघको महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ।
खान यसअघि मुस्लिम संघको काठमाडौं जिल्ला सभापति थिए।
देउवा पक्षले नेविसंघ, तरूण दल, महिला संघलगायत विभिन्न भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरिसकेको छ।