सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरू गर्ने भएका छन्।
जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न उनी सोमबार मेची प्रस्थान गरेका छन्।
जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताए।
जनकपुरधाममा आज आयोजित कार्यक्रममा सिंहले मंगलबार बिहान मेचीको किनारबाट पदयात्रा सुरू गरिने बताए।
उनलाई सभापति रवि लामिछानेले शुभकामना दिँदै जनकपुरबाट बिदाइ गरेका छन्।
पदयात्रा माघ १ गते महाकाली किनारमा पुगेर समापन हुनेछ।