नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।
बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले सचिव महेश बस्नेतले सेतोपाटीलाई जानकारी दिए।
उनकाअनुसार बैठकमा पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय भेलाबारे छलफल हुनेछ।
एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।
भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका प्रतिनिधि तथा जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने पार्टीले जनाएको छ।