राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीसमेत रहेकी प्रतिनिधि सभा सांसद निशा डाँगी र संस्थापक महामन्त्री डा. मुकुल ढकालले विवाह गरेका छन्।
उनीहरूले आज विवाह गरेका हुन्।
मुकुलको घर विराटनगर हो भने निशाको झापा हो। निशालाई लिन मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका छन्।
मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
विवाह समारोहमा रास्वपाका नेताहरू पनि सहभागी छन्।


