बाढीका कारण भारतको केरला तथा कर्नाटक राज्यमा ज्यान गुमाउने संख्या १३१ पुगेको छ।
बाढीका कारण सोमबार साँझसम्म केरला राज्यमा ५७ जनाको निधन भएको छ भने कर्नाटकमा ४८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन्।
त्यसैगरी सो बाढिका कारण केरलमा ५७ जना बेपत्ता तथा ३२ जना घाइते भएको समाचार इण्डिया टुडेले लेखेको छ।
दुबै राज्यमा गरेर ६ लाख ७३ हजार ५ सय ५९ मानिसहरूको उद्धार गरिएको छ।
समाचारका अनुसार डुबानका कारण २६५ घरमा पूर्ण क्षति भएको पनि समाचारमा जनाइएको छ। बाढीका करण २ लाख ५१ हजार विस्थापितहरूलाई केरल सरकारले १ हजार ६ सय ३९ राहत शिविरमा राखेको जनाएको छ।
केरलाको सरकारले थप दुई दिन वर्षा हुने जनाउँदै केरलाको कन्नुर, कासारागड र वायनादमा 'रेड अलर्ट' घोषणा गरेको छ।
यस्तै वर्षाका कारण बन्द भएको कोची अन्तराष्ट्रिय विमानस्थल भने आइतबारबाट खुला भएको पनि त्यहाँको सरकारले जनाएको छ।
कंग्रेस नेता राहुल गानधीले राहत शिविरमा गएर बाढीपीडितहरूसँग भेट गरेको इण्डिया टुडेले जनाएको छ।