नेपाल मेडिकल एसोसिएसन (एनएमए) निर्वाचनका लागि अध्यक्षको उमेदवारी दिएका डा.मंगल रावलले आफ्नो टिम घोषणा गरेका छन्।
काठमाडौंमा एक कार्यक्रम गरी ४ मुख्य प्रतिबद्धता र ४ एजेण्डा सहित डा रावलको नेतृत्वमा टिम घोषणा भएको हो।
पेशागत एनएमए, सहभागीतामूलक एनएमए, सेवामूलक एनएमए, पारदर्शी एनएमए गरी मुख्य चार प्रतिबद्धता रावल नेतृत्वको टिमले अघि सारेको छ।
त्यस्तै स्ट्रङ्गर टुगेदर -परिवर्तनका लागि एजेन्डा टिम मंगलले ४ एजेण्डा ल्याएको छ। जसमा सबैका लागि एनएमए, चिकित्सक सेवा ऐन, विस्तारित एनएमए र नीतिगत पैरवी छन्।
रावलको टिममा वरिष्ठ उपाध्यक्षमा डा. कृतिपाल सुवेदी महासचिवमा डा. कालु सिंह खत्री महासचिवका उम्मदेवार छन्। त्यस्तैं उपाध्यक्षहरुमा कोशी संयोजक डा. टंक प्रसाद बराकोटी, मधेस संयोजकमा डा. उदय नारायण सिंह,बागमती संयोजकमा डा. अरुण शाही, गण्डकी संयोजकमा डा. यज्ञराज सिग्देल गण्डकी लुम्बिनी संयोजकमा डा. सन्तोष पोखरेल, कर्णाली संयोजकमा डा. रबिन खड्का कर्णाली र सुदुरपश्चिम संयोजकमा डा. निरज आर्याल छन्।
अन्य पदाधिकाराका उम्मेदवारमा डा. राम जिवन प्रसाद सह–महासचिव, डा. चाँदनी जैसवाल कोषाध्यक्ष, डा. सुवास गुरुङ सह–कोषाध्यक्ष रहेका छन्।
सदस्यहरूमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. दीक्षा बोहोरा, डा निराजन तामाङ, डा पल्पसा श्रेष्ठ, डा जेबाना अन्सारी उम्मेदवार छन्।