फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
झाको सुरक्षामा खटिएका सुरक्षा गार्ड सानुकान्छा तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई काभ्रेबाट पक्राउ गरेको हो। पक्राउ परेका तामाङमाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।
झाको गत साल भदौ ४ गते रहस्यमय ढंगले हत्या गरिएको थियो।
घरको एक कोठामा चक्कु प्रहारबाट मारिएका झाको हत्या प्रकरण प्रहरीले हालसम्म सुल्झाउन सकेको छैन।