दाङमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
शान्तिनगर गाउँपालिका वडा नं. ६ पहाडीपुर निवासी २२ बर्षीय निमबहादुर वलीको खुकुरी प्रहारबाट स्थानीय ३० बर्षीय प्रकाश थापा गम्भीर घाइते भएका छन् ।
आइतबार राति सवा १० बजेतिर वलीले थापामाथि सामान्य विवादकै क्रममा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
थापाको टाउको र दाहिने कानमा खुकुरी प्रहार बाट गहिरो घाउ लागेको छ ।
घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँकेको नेपालगञ्जस्थित नरसिंह कलेजमा राति साढे ११ बजे रेफर गरि उपचार भइरहेको प्रहरीले बताएको छ ।
थापालाई खुकुरी प्रहार गरि सख्त घाइते गराउने वलीलाई खुकुरीसहित पक्राउ गरे सकिएको पनि प्रहरीले जानकारी दिएको छ ।