धनुषाको हंसपुर नगरपालिका-६ टिल्हीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २ हजारदेखि २५ सय लाभान्वित भएका छन्।
टिल्लीस्थित तपसी बाबा कलेजमा शनिबार र आइतबार भएको शिविरमा २५ सय जना लाभान्वित भएको आयोजकले जनाएको छ।
शिविर समाजसेवी तथा परोपकारी श्री गङ्गाराम यादवको नेतृत्व, अवधारणा र अध्यक्षतामा आयोजना गरिएको थियो।
उनले विपन्न समुदायलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ग्रामीण क्षेत्रसम्म विशेषज्ञ चिकित्सकहरूको पहुँच पुर्याउन शिविर आयोजना गरेको बताए।
स्वास्थ्य शिविरमा नेफ्रोलोजी, स्त्रीरोग, बालरोग, अर्थोपेडिक्स, इएनटी, आँखा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवाहरू निःशुल्क प्रदान गरिएको थियो। साथै आवश्यक औषधिहरू पनि वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा भारतको मेदान्ता अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकहरू पनि खटिएका थिए।