मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी एक घण्टाको लागि जेल चलान भएका छन्।
कञ्चनपुर जिल्ला अदालतले अदालतको अवहेलना मुद्दामा उनलाई गत असार ३० गते एक घण्टा कैद र एक रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी निर्मला पन्तको घटनामा अदालतको प्रक्रियालाई प्रभाव पारेको आरोपमा भण्डारीलाई एक घण्टा जेल सजाय र एक रुपैयाँ जरिवाना तोकिएको थियो।
उनी मंगलबार अदालतमा उपस्थित भएका थिए। एक रुपैयाँ जरिवाना बुझाएपछि एक घण्टाका लागि उनी जेल चलान भएका हुन्।