अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई) विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
शुक्रबार सि.डि.ई जितेन्द्र कुमार चौधरीविरूद्ध बिगो रकम ३५ लाख कायम गरी अदालतमा आरोपपत्र दायर गरेको हो।
चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट बिभिन्न मितिमा रकम लिई श्रीमतीको खातामा जम्मा गरेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।
सोही अनुसन्धानबाट उनले बाटो निर्माण गर्ने विभिन्न स्वीकृत आयोजनाहरूको काम सुरू गर्दा दिइने मोविलाइजेसन रकमबाट ३५ लाख घुस लिई श्रीमतीको खातामा जम्मा गरेको पुष्टि भएको हो।
भ्रष्टाचार गरेको पुष्टि भएसँगै अख्तियारले चौधरीलाई बिगो ३५ लाख कायम गरी चार वर्षदेखि ६ वर्ष सम्मको कैद सजायको माग गरेको छ।