बंगलादेशमा एकैदिन अहिलेसम्मकै ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन्।
अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७७३ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन्।
योसँगै बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २८ हजार ५११ पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
अहिलेसम्म प्राप्त विवरण यो परिक्षण गरिएकाहरुको मात्रै भएकाले परीक्षण गर्न बाँकी अरु धेरै रहेकाले सङ्क्रमितको संख्या पनि योभन्दा धेरै हुनसक्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ।