काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छलफलमा जुटेका छन्।
लकडाउन जारी रहेकै बेला काठमाडौंलगायत उपत्यकाभित्र व्यापारीले पसल खोल्न थालेपछि सिडिओहरू छलफलमा जुटेका हुन्।
जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा बिहीबार बिहान ११ बजेदेखि बैठक चलिरहेको छ।
बैठकमा सहभागी ललितपुरका सिडिओ नारायण भट्टले बैठक जारी रहेको सेतोपाटीलाई बताए।
काठमाडौंका सिडिओ जनकराज दाहालले छलफल आयोजना गरेका हुन्। काठमाडौंलगायत ठाउँमा व्यापारीले पसल खोल्न थालेका छन्।