लगातार तीन दिनसम्म भएको वर्षाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। निरन्तरको वर्षाले रातु नदी बढेपछि महोत्तरीको जलेश्वर डुबानमा परेको हो।
जलमग्न भएपछि त्यहाँका अधिकांश पसलहरु बन्द रहेका छन्। सडकमा पानी जमेपछि जलेश्वर–सम्सी, जलेश्वर–बर्दिबास र जलेश्वर–पडौल सडकखण्डहरु बन्द भएका छन्।
रातु नदीको बहावले पिपरा गाउँपालिका, बल्वा नगरपालिका, महोत्तरी गाउँपालिका, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका लगायतका क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएका छन्।