बझाङ सदरमुकाम चैनपुरबाट सुनिगाड जाँदै गरेको जीप दुर्घटना भएको छ।
से १ ज १११९ नम्बरको जीप जयपृथ्बी नगरपालिका—११ भोपुरमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
दुर्घटनमा सोही ठाउँका २१ वर्षीय अग्निराज जोशी गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरमा चोट लागेको छ।
जोशीलाई तारा एअर मार्फत नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।
यस्तै घाइते भएका मस्टा गाउँपालिकाका ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्मा गाउँपालिकाका २३ वर्षीय सुयोग बोहरा र जयपृथ्वी नगरपालिकाकाका २० वर्षीय भरत जोशीको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।
उक्त जीप सडकबाट करिब १५ मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।