डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भिबाट लडेकी थिइन्।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७, १०:४५:३६