रौतहटमा एक पुरूषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार अन्दाजी ५० वर्षीय पुरूषको शव फेला परेको हो।
उनको सोमबार बिहान ११ बजे माधवनारायण नगरपालिका-४ स्थित खेतमा ५० वर्षीय दसैंराम साहको शव फेला परेको हो। उनी सोही ठाउँका स्थानीय हुन्।
'मृत्यु अलि शंकास्पद छ। हामीले घटनाको अनुसन्धान गरिरहेका छौं,' प्रहरी उपरीक्षक शाहले भने, 'शव पोष्टमार्टमको लागि वीरगन्ज पठाइएको छ।'
उनका अनुसार मृतक नाचगानमा हिँड्ने कलाकार हुन्। खेतमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको छ।
प्रहरीले केहीलाई सोधपुछ समेत गरिरहेको प्रहरी उपरीक्षक शाहले बताए। यद्यपि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।