नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बुधबारदेखि 'ऐना' कार्यक्रम लिएर आउँदैछन्। बुधबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट यो कार्यक्रम प्रसारण हुँदैछ।
देशका सामाजिक र मानवीय मुद्दामा बनाइएको टेलिभिजन कार्यक्रम 'ऐना' समाजका विकृति, विसंगति, कुरीति, अन्याय, अत्याचार, महिला हिंसा र रुढीवादी परम्परामा केन्द्रित छ। यो कार्यक्रम होराइजन मिडिया प्रालिले तयार पारेको हो।
ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धिताल (आरके) हुन्। ऐना २६ भागको कार्यक्रम हो। यो प्रत्येक साता बुधबार प्रसारण हुनेछ। यसमा अमनप्रताप अधिकारी निर्देशक छन्। जनक पौड्याल प्रोड्युसर हुन्। प्रकाश लामिछाने रिसर्च टिममा छन् भने स्क्रिप्ट राइटर आन्विका गिरी छन्। यो कार्यक्रम उत्पादनमा ग्लोबल आइएमई बैंक, विनोद चौधरीको चौधरी फाउन्डेशन र आइएनजी ग्रुपलगायतले सघाएको छ।
कांग्रेस प्रवक्ता रहेका र लामो समयदेखि राजनीतिमा क्रियाशील शर्मा नै किन ऐनाको प्रस्तोताका रूपमा देखा परे त?
यसबारे सेतोपाटीले शर्मासँग गरेको भिडिओ कुराकानी हेर्नुहोस्।