दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्।
इलाका प्रहरी कार्यालय दमकको टोलीले बानियाँलाई मंगलबार राति ११ बजे घरैबाट पक्राउ गरेको हो।
उनको साथबाट ४७ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
बानियाँलाई हिरासतमा लिएर अनुसन्धान थालिएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
दमक-१ को राधे होटल एन्ड लजको कोठाभित्र बानियाँले लागुऔषध खरिद-बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरी उनको घर पुगेको थियो।