नेपाल प्रहरीले 'हाम्रो प्रहरी' अभियान सुरू गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उक्त अभियानको उद्घाटन गरेका हुन्।
नेपाल प्रहरीले समुदाय साझेदारी कार्यक्रम गर्दै आएको छ। त्यसैअन्तर्गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना पछिको अवस्थालाई मध्यनजरमा राखेर काठमाडौं प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता थियो।
भदौ २४ गते काठमाडौंका अधिकांश प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो।
काठमाडौंमा अपराध अनुसन्धान हुने प्रहरी वृत्तमध्ये मालिगाउँको भवनमात्रै जोगिएको थियो। अन्य सबै वृत्तमा आगजनी तथा तोडफोड भएका थिए।
अहिले प्रहरी वृत्त जनसेवा बाहेक १४ वटा अपराध अनुसन्धानका वृत्तहरूमा पुन: सञ्चालन भइसकेका छन्।
आन्दोलनमा प्रहरी र कार्यालयमाथि तोडफोड र आगजनी भएपछि केही दिन फिल्डमा प्रहरी देखिएका थिएनन्।
तर पछि प्रहरीको महत्व बुझेर समुदायस्तरमै प्रहरीलाई सहयोग गर्न थालेको परिसर प्रमुख एसएसपी रमेश थापाले बताए।
समाजले नै 'हाम्रो प्रहरी' भनेर अपनत्व लिएको भन्दै प्रहरीले उक्त अभियान सञ्चालनमा ल्याएको उनले बताए।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
-ink-1766925065.jpeg)
-ink-1766925065.jpeg)
-ink-1766925063.jpeg)
-ink-1766925063.jpeg)
-ink-1766925060.jpeg)
-ink-1766925062.jpeg)
-ink-1766925062.jpeg)
-ink-1766925062.jpeg)
-ink-1766925061.jpeg)
-ink-1766925061.jpeg)
-ink-1766925060.jpeg)
-ink-1766925059.jpeg)
-ink-1766925059.jpeg)
-ink-1766925058.jpeg)
-ink-1766925058.jpeg)
-ink-1766925057.jpeg)
-ink-1766925055.jpeg)
-ink-1766925056.jpeg)
-ink-1766925056.jpeg)
-ink-1766925057.jpeg)
-ink-1766925055.jpeg)
-ink-1766925055.jpeg)
-ink-1766925055.jpeg)