महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दीपक खड्का कारबाहीमा परेका छन्।
उनलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, टेकु तानिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
अहिले उनीमाथि अनुसन्धान भइरहेको बस्नेतले बताए। कमजोर कार्यशैली र आर्थिक प्रलोभनमा परेर काम गरेको पाइएपछि डिएसपी खड्कालाई कारबाही गरिएको हो।
उनीमाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप छ। पटक-पटक गुनासो आएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अनुगमन गरेर कारबाही गरेको हो।
'उनको कार्यशैली पनि राम्रो भएन। आर्थिक हिसाबमा पनि अलि लोभी मान्छे छन्, धेरै जनगुनासो आएपछि कारबाहीस्वरूप तानेका हौं,’ एक उच्च प्रहरी अधिकृतले भने।
अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा खड्काको ठाउँमा कसैलाई पठाइएको छैन।