प्रहरीले कीर्तिपुरबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान कीर्तिपुर नगरपालिका वडा नम्बर ३ ढल्पा क्षेत्रबाट छालासहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका-१ घर भइ पाँगा बसपार्क बस्ने २३ वर्षीय गिरिराज ठगुन्ना र बझाङ दुर्गाथली गाउँपालिका-७ घर भइ ढल्पा बस्ने २९ वर्षीय नारायण बहादुर सिंह छन्।
प्रहरीले चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरीले प्ररम्भीक अनुसन्धान पछि कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाउन लागेको हो।