अटोमेटिक पेस्तोलसहित एक पक्राउ परेका छन्।
सशस्त्र प्रहरीको विशेष टोलीले सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले काठमाडौं- १६ सीतापाइला छाउने मार्गबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदी बस्ने २४ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको बताए।
उनको साथबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र पाँच राउण्ड गोली बरामद गरिएको उनले बताए।
उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाइएको छ।