भारतीय ट्रकको ठक्करबाट रूपन्देहीको भैरहवामा एक जनाको ज्यान गएको छ।
भैरहवास्थित बुद्धचोकमा ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ओमसतिया गाउँपालिकास्थित–१, खुन्साका ४१ वर्षीया जीवराज बस्यालको मृत्यु भएको हो।
सडक पार गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।
बुद्धचोकमा ट्रकले ठक्कर दिएपछि मोटरसाइकललाई करिब २ सय मिटर पर नयाँ सडकसम्म घिसारेर पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गरेका थिए। ट्रक र चालकलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दुर्घटना शुक्रबार साढे ११ बजेतिर भएको प्रहरीले जनाएको छ।