भक्तपुरमा किशोरीमाथि बलात्कार र युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
बुधबार साँझ ६ बजे सूर्यविनायक नगरपालिका-९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जंगलमा १५ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो।
बलात्कार आरोपमा प्रहरीले मुगु सोरू गाउँपालिका घर भई सूर्यविनायक नगरपालिका-९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई पक्राउ गरेको हो।
यस्तै सोही जंगलमा अर्की २० वर्षीया युवतीमाथि पनि बलात्कारको प्रयास भएको पाण्डेले बताए। उनीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हुम्ला घर भई सूर्यविनायक नगरपालिका-९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १६:४१:००