काठमाडौंमा एक पुरूष मृत फेला परेका छन्।
नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
'उनी आफ्नै कोठामा मृत फेला परेका थिए,' उनले भने, 'घटना शंकास्पद छैन।'
मृतकको शरीर पोष्टमर्टमका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।