दार्चुलाको मार्मामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
मार्मा गाउँपालिका -१ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका साेही ठाउँका ५१ वर्षीय कुटुमा देवी ठगुन्ना र उनकी दुई वर्षीया नातिनी सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता भएका थिए।
उनीहरूकाे शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।