कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका छन्।
उनी शनिबार ८० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
उनका अनुसार वृद्धालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।