कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सडक किनारामा रोकिराखेको ना ५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक वेदकोट नगरपालिका–३ का ३६ वर्षीया कमलावती पाण्डेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।