कञ्चनपुरमा मलामी गएका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।
शुक्लाफाँटा नगरपालिका –५ का १८ वर्षीय दीपेन्द्र हमाल आइतबार दिउँसो नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको हो।
उनी दिउँसो साढे २ बजेतिर भीमदत्त नगरपालिका–११ भुजेला घाटस्थित नदीमा डुबेर हमाल बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इञ्चार्ज सई देवसिंह बुडालले जानकारी दिए।
सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बम नेतृत्वमा उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।