कञ्चनपुरमा मलामी गएर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।
आइतबार मलामी गएर नदीमा नुहाउने क्रममा शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल बेपत्ता भएका थिए।
बेपत्ता भएपछि सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरेको थियो।
बेपत्ता भएको किशोरको साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।