बैतडीमा एक पुरूषको हत्यामा संलग्न रहेको आरोपमा युवक परेका छन्।
दोगडाकेदार गाउँपालिका–८ सैनीका ३८ वर्षीय वासुदेव जोशीको शनिबार राति धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो।
जोशीको हत्यामा गाउँकै मान्छे संलग्न रहेको भन्दै परिवारले एक महिला र एक युवकको नाममा किटानी जाहेरी दिएका थिए।
सोही किटानी जाहेरीको आधारमा सोमबार दोगेडाकेदार ८ नम्बर वडाको तल्लोतोलीबाट २५ वर्षीय महेन्द्र विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए।
उनका अनुसार यसअघि हत्यामा संलग्न रहेको आरोपमा एक महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।