सुनसरी बराहक्षेत्र नगरपालिका-१ सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ।
दुई जनाको भने खोजी कार्य भइहरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
झापा दमक नगरपालिका-९ का २० वर्षीय नवीन न्यौपानेको शव नदीबाट बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायक उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने २० वर्षीय राजन गुरागाईं र झापाको दमक नगरपालिका-९ बस्ने २२ वर्षीय रूद्र न्यौपानेको खोजी भइहरेको उनले बताए।
उनीहरू बुधबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाउनसाथ नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोली घटनास्थल पुगेको थियो।