कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–२ रजवाराका ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो।
स्थानीय काँडा नदीबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।
घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।