रूकुम पश्चिम प्रहरीले ओडारमा लुकाएर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक फेला पारेको छ।
मुसीकोट नगरपालिका–८ घोरखानीस्थित झिमखोलाको ओडारमा लुकाएर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक बुधबार बेलुका ५ बजेतिर प्रहरीले फेला पारेको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नुमराज भट्टराईले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिए।
केही दिन पहिलेमात्रै रूकुम पूर्वमा पनि यसैगरी प्रहरीले लगातार दुई दिन चार नाल भरूवा बन्दुक जंगलमा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो।