दाङमा एक किशोरीको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।
बिहीबार दिउँसो हापुर खोला र संक्राम खोलाको दोभानस्थित बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाकी १४ वर्षीया चेतना रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
गर्मी छल्न भनेर दिउँसो २ बजेतिर बालिका खोलामा नुहाउन गएको र नुहाउने क्रममा गहिरो भागमा पुगेपछि डुबेकी घटनास्थल पुगेका अस्थायी प्रहरी पोष्ट बेलझुण्डीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक टीका कुँवरले जानकारी दिए।
अचेत अवस्थाकी बालिकालाई उद्धार गरी उपचार लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।