करिब चार सय २२ तोला सुनसहित बाँके प्रहरीले दुई युवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका २६ वर्षीय प्रकाश ठाकुर छन्।
उनीहरूको साथबाट ४२२ .५७ तोला विभिन्न सुनका गरगहना बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
गोप्य सूचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका – ४ स्थित न्युरोडबाट बुधबार बेलुकी उनीहरूलाई पक्राउ गरिएको डिएसपी घर्तीले बताए।
उनीहरुको साथबाट सुनको सिक्री, माला, वाला, चुरी, झम्का, मुन्द्री, ब्रासलेट, हार, औंठी लगायतका गरगहना, बैंकका चेक र ३० हजार जति नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ।