नेपालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा (शुक्रबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
गत मंगलबार मात्रै कोरोनाबाट दुई जनाले ज्यान गुमाएका थिए।
पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०६ जनामा कोरोना संक्रमण भएको छ। ४६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
योसँगै अहिले देशभर ४१४ जना सक्रिय संक्रमित छन्।