झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बुद्धशान्ति-५ खारखोलास्थित बारीमा मकै खान आएको हात्तीलाई धपाउन खोज्दा आक्रमण गरेपछि एक जनाको मृत्यु भएको हो।
आक्रमणबाट सोही ठाउँका भिमबहादुर भट्टराईको मृत्यु भएको हो। शनिबार बिहान साढे ३ बजे भट्टराईलाई हात्तीले किल्चेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए।
जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको उनले बताए।
पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ। एक दर्जनको संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्दै आएका छन्। हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयबासी बताउँछन्।