कैलालीको गेटामा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिकाको गेटा ट्राफिक चेक पोष्ट नजिकै दुर्घटना हुदाँ एक जनाको मत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षिय भोजराज भट्टको मृत्यु भएका हो।
गाडीमा सवार अन्य ५ जना घाइते भएका छन्। घाइतेहरू दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका –६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षिया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ।
घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। हरिद्धारबाट आएको उक्त गाडी आफैं अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।