ललितपुरको गोदावरीमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान गोदावरी नगरपालिका-६ टिकाभैरवस्थित सडकमा ४० वर्षीय मनि गुरूङको मृत्यु भएको हो।
पोखरा घर भई ललितपुर महानगरपालिका-५ मानभवन बस्ने गुरूङले चलाएको साइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए।
उनका अनुसार गुरूङ गोरेटो बाटोबाट १०० मिटर तल झरेका थिए। उनको पछि आइरहेका अर्का साइकलयात्रीले थाहा पाएर प्रहरीको हटलाइन नम्बर १००मा सम्पर्क गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका गुरूङलाई मेडिसिटी अस्पताल लगिएको थियो। त्यसक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।