बारा, तनहुँ र चितवनमा आज उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदानको समय तोकिएको छ।
बिहानको मौसम देशभर सामान्यतया सफा रहेपनि अपराह्नपछि केही बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार उपनिर्वाचन हुन लागेको चितवनमा आज दिनभर मौसम सफा रहनेछ।
तनहुँ र बारामा भने वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।
उनका अनुसार तनहुँमा अपराह्नपछि वर्षाको सम्भावना देखिएको छ। बारामा पनि अपराह्नपछि वर्षा हुने सम्भावना देखिएको तर अत्यन्त कम सम्भावना रहेको छ।
तीन जिल्लामा हावाहुरीको सम्भावना भने उच्च रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।