युवा उद्यमी हरि भट्टराई र उनको टिमले स्थापना गरेको इ-विद्या मोबाइल एप्लिकेसनले ७५ भन्दा बढी विषयमा विद्यार्थीलाई भिडिओ उपलब्ध गराउँदै आएको छ।
एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको मञ्च इ–विद्यामा प्रयोगकर्ताले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै उच्च माध्यमिक शिक्षा अन्तर्गतका विभिन्न तहको पाठ्यक्रमममा आधारित भई सम्पूर्ण विषयको पूर्णरूपमा भिडियो सामाग्रीको पहुँच पाउने गरेका छन्।
मोइबाइलमा एप्लिकेसन डाउनलोड गरेपछि सुरुमा डेमो भिडिओ हेर्न पाइन्छ। त्यसपछि आफूले चाहेको विषय पढ्नका लागि निश्चित शूल्क तिर्न पर्ने प्रावधान छ।
भट्टराइका अनुसार एप्लिकेसनमा ७५ भन्दा बढि विषयहरूको २ हजार भन्दा बढी भिडियोहरू उपलब्ध छन्।
‘यस विद्युतीय सिकाइले उत्साही विद्यार्थी तथा पेशागत रुपमा व्यस्त व्यक्तिलाई सजिलो एवम् सुविधा अनुसार दक्ष तथा अनुभवी शिक्षाविदमार्फत् अध्ययन–अध्यापन गराउने आकाक्षां राखेको छौं,’ भट्टराईले भने।
उनका अनुसार दक्ष तथा अनुभवी शिक्षाविदमार्फत शिक्षालाई राजधानीबाट देशका कुनाकाप्चामा तथा विदेशमा रहेका सम्पूर्ण विद्यार्थीलाई भिडियो उपलब्ध गराउनु इ-विद्याको लक्ष्य हो।
कम्पनीले गुणस्तरीय डिजिटल सामाग्रीलाई कक्षाकोठा सरहको अनुभव प्रदान गराउँदै विद्यार्थी माझ पुर्याउने आकाक्षां राखेको छ।
इ–विद्यामा पाठ्यक्रममा आधारित विषयहरूको पूर्ण भिडियो लेक्चर, भिडियो लेक्चरहरूको अध्ययन गर्ने क्रममा विद्यार्थीले सामना गर्ने जिज्ञासा, प्रश्न तथा दुविधा समाधान, विषयको सम्पूर्ण भिडियो लेक्चरसँग सम्बन्धित पावर प्वाइन्ट, विश्वविद्यालयले विगतमा सोधेका प्रश्नपत्र पूर्वपरिक्षा तयारी र अन्तिम परीक्षा अगाडि आफुले खरिद गरेको विषयसँग सम्बन्धित प्राध्यापकसँग निःशुल्क प्रत्यक्ष अन्तक्रिया उपलब्ध हुने भट्टराइले बताए।
इ–विद्याले ३५ जना भन्दा बढि प्रसिद्ध एवम् पूर्णरूपमा स्थापित प्राध्यापकहरूलाई समावेश गरी सम्बन्धित विषयहरूको भिडियो सामाग्रीहरू निमार्ण गरेको छ ।
यस्तै प्रत्येक कलेजको व्यवस्थापन संकाय अन्तर्गत प्लस टु र स्नातक तहमा सर्वोकृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३-३ जनालाई त्यसभन्दा माथिको तहको अध्ययनमा इ–विद्याको कोर्शहरूमा कुनैपनि शुल्क लाग्ने छैन भने प्रत्येक कलेजको व्यवस्थपन संकाय अन्तर्गतका स्नातकोत्तर तहमा सर्वोकृष्ट अंक हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३-३ जनालाई विना कुनै शुल्क करियर अभिवृद्धि एवम् विकास तालिम उपलब्ध गराउने उनले बताए।
पछिल्लो समय इ–विद्या राष्ट्रिय आविष्कार केन्द्रसँग अनुवन्धित भएको छ । त्यसअन्तर्गत इ–विद्या एपलाई प्रति एक पटकको डाउनलोडमा रु. १ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने आपसी समझदारी भएको छ।