कैलालीमा छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन्।
शनिबार दिउँसो १२ बजे धनगढी उपमहानगरपालिका-६ मट्यारीमा एक पुरूषको शव फेला परेको हो।
बाबुले इटाले हानेर छोराको हत्या गरेको भन्ने सूचना प्रहरी कहाँ आएको थियो।
४७ वर्षीय बुवा महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको आरोप छ। घरदेखि पर रहेको जंगलमा लगेर इँट्टाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
सो पछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा टोली खटिएको थियो।
थप अनुसन्धानको लागि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमाण्डमा टोली समेत खटिएको छ।
अरोपी बुवा महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धान भइरहेको डिएसपी कुलदिप चन्दले बताए।
यस्तै धनगढीमै एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।
धनगढी–३ मिलनचोकमा एक घरमा सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। सोबारे थप अनुसन्धान भइरहेको छ।