कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो।
आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन्।
सक्रिय संक्रमित तीन सय ६१ जना छन्।
यस्तै, संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसियू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत् छन्।