सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।
कार चालक झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौंको गौरीघाट बस्दै आएका ३८ वर्षीय सहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।
गम्भीर घाइते भएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी दाहालले बताए।
उनका अनुसार कार अनियन्त्रित भइ सडकबाट २० मिटर तल भिरमा खसेको थियो।