वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।
आइतबार दिउँसो साढे २ बजेतिर वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।
पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने रिजालले बताए।
पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।